८५ वर्षको टेस्ट क्रिकेट इतिहासमा भारतले घरेलु भूमिमा अहिलेसम्मकै लज्जास्पद पराजय आत्मसात् गर्नेक्रममा अष्ट्रेलियासँग ३३३ रनको हार व्यहोर्यो । पुनेमा भएको खेलमा दुई इनिङमा गरी जम्मा २१२ रन जोडेको भारतले पहिलो इनिङमा पछिल्लो ११ रन जोड्न ७ विकेट गुमाएको थियो भने दोस्रो इनिङमा अन्तिम ९ रन जोड्न ५ विकेट गुमायो । विराट कोहलीको कप्तानीमा लगातार १९…