जापानमा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि, आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका २३ वर्षमुनि (यु–२३ ) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२औं मिनेटमा…