
ताप्लेजुङमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लब मोरङलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि चुमेको हो ।
सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको फाइनलमा चर्च ब्वाइजलाई विजयी गराउनेक्रममा जाङ्बू शेर्पा, राज पौडेल र राजकुमार कन्दङ्वाले एक–एक गोल गरे ।
खेलमा गोल गर्नेे थुप्रै अवसरलाई मोरङका खेलाडीले सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपरेको हो । खेलको ‘म्यान अफ द म्याच’ भने मोरङका मनोज राई घोषित भए ।
विजेता चर्च ब्वाइजले २ लाख ११ हजार १११ र उपविजेता मोरङले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
गत साउन २२ गतेबाट सुरु भएको प्रतियोगितामा ताप्लेजुङका दुईसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्