Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


हङकङविरुद्धको खेलका लागि २५ खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा


0
Shares

                                                                             फाइल फोटो
प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले गत वर्षको प्रदर्शनका आधारमा छनोट गरेको भनिएको खेलाडीहरुमा नरेश बुढाऐर, सुनील धमाला, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सागर पुन, ललित सिंह भण्डारी, अभिनाश कर्ण, विनोद भण्डारी, सौरभ खनाल, बसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, करण केसी रहेका छन् ।

यस्तै, सन्दीप लामिछाने, सुशील कँडेल, सुशन भारी, हासिम अन्सारी, दिलीप नाथ, कुशल भुर्तेल, आरिफ शेख, महबुब आलम, दीपेन्द्रसिंह ऐरी, विक्रम सोब र जितेन्द्र मुखियालाई पनि बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आगामी अक्टोबर १३ र १५ मा नेपालले हङकङसँग उसकै मैदानमा दुईओटा एक दिवसीय खेल खेल्नेछ ।