काठमाडौं । नेपालको मध्यपश्चिम विश्वविद्यालयले मंगलवार जय नेपाल कप अन्तरविश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा भारतको लखउन विश्वविद्यालयलाई ५८ रनले हराउँदै मध्यपश्चिम विश्वविद्यालय च्याम्पियन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको यस प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल आठ विश्वविद्यालयले प्रतिष्पर्धा गरेका थिए…