काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले कयौं वर्षदेखि खेलकुदमा रहेको बेरुजु फछ्र्यौटका लागि प्रयास भइरहेको बताएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेल संघ र महासंघसँगको अन्तक्रिया कार्यक्रमको अवसरमा राखेपका सदस्यसचिव घिसिङले आफू राखेपको सदस्यसचिवको कार्यभार समाल्दै गर्दा नेपाली खेलकुदमा तीन अरब ६८ करोड बेरुजु रहेको बताएका हुन् । खेलकुदमा वर्षौदेखि…