Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


एन्फा प्रेसिडेन्ट लिगमा लालीगुराँस र चित्लाङको जित


91
Shares

हेटौंडा। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगकाे सेमिफाइनल खेलमा लालीगुराँस एशाेसिएसन क्लब फाइनल प्रवेश गरेको छ।

गौरीटार रंगशालामा आइतबार सपन्न भएकाे सेमिफाइनल खेलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे। लालीगुराँसलाई जिताउन मुकुन्दकुमार निउरेले २०औं र राम थापाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा चित्लाङ एफसीले नव जनजागृति क्लबलाई सडनडेथमा ९–८ गोलले पराजित गरेकाे थियाे। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सडनडेथमा पुगेर सकिएको थियो ।

अब फाइनल खेलमा भने लालीगुराँस र चित्लाङबीच प्रतस्पर्धा हुने भएकाे छ।