काठमाडौं, असार १३ । विश्वकप फुटबलमा क्रोएसियाको शानदार लय जारी छ । गएराति भएको खेलमा आईसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसियाले समूह विजेता बन्दै नकआउट चरणमा ठाउँ पक्का गर्यो । खेलको ५३ औं मिनेटमा मिलान बादेईले गोल गर्दै क्रोएसियालाई अग्रता दिए । ७६ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा जिल्फी सिगुर्डसनले गोल गर्दै आईसल्याण्डलाई खेलमा फर्काए ।…