५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


एशिया कप छनोट क्रिकेटः सिंगापुरले दियो नेपाललाई १५२ रनको चुनौति


0
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट अन्तर्गत सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले सबै विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

४२ ओभर खेलेको सिंगापुरका ब्याट्म्यानहरुलाई सस्तैमा समेट्न सन्दिप लामिछाने र ललित नारायण राजबंशीले ३/३ विकेट लिए ।

सोमपाल कामीले २ विकेट लिँदा वसन्त रेग्मीले भने एक विकेट लिए । सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन बनाए ।

लगातार दुई खेल गुमाएको नेपालले मलेसियालाई १९ रनले पराजित गर्दै हिजो बल्ल पहिलो जीत निकालेको नेपाललाई खेलमा टिकिरहन सिंगापुरविरुद्ध फराकिलो अन्तरमा जित्नै पर्ने दबाब छ ।

पहिलो खेल ओमानसँग ७ विकेट तथा दोस्रो खेल युएईसँग ७८ रनको अन्तरले गुमाएको नेपालले अन्तिम खेल भने हङकङसँग सेप्टेम्बर ४ मा खेल्नेछ ।