१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


रेडस्टार पाथीभरा गोल्डकप च्याम्पियन


0
Shares

सन्तोष पुर्कुटी (इमेज)

ताप्लेजुङ, भदौ १६ । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको रेडस्टार क्लबले जितेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा झापाकै न्यू स्टार क्लबलाई २–१ ले पराजित गर्दै रेडस्टार च्याम्पियन बनेको हो ।

रेडस्टारलाई उपाधि दिलाउनेक्रममा विदेशी खेलाडी ग्लोरी र कप्तान कर्ण लिम्बूले एक/एक गोल गरे । न्यू स्टारका विजय राईले एक गोल फर्काए ।

उपाधिसँगै रेडस्टारले तीन लाख एक हजार १११ रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको न्यू स्टारले एक लाख ५१ हजार १११ मा चित्त बुझायो ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेलमैदानमा यही भदौ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतकासमेत गरी १० टिम सहभागी थिए ।

खेलकुदको माध्यमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लाखेजात्रा खेल सन्चालन समितिका अध्यक्ष मोती पतंवाले बताए ।