काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गतको पुरुष भलिबलमा नेपाल इरानसँग पराजित भएको छ । चीनको हाङझाउमा बुधबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । इरानले नेपाललाई २५–९, २५–१४ र २५–१३ को सेटमा हरायो । यसअघि पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको नेपाल बुधबारको खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट…