काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ । च्याम्पियन्स लिगकै अर्को खेलमा आर्सनलले नेदरल्याण्ड्सको पि.एस.भी…