Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्स विजयी

जनकपुर बोल्ट्स भने २५ रनले पराजित

520
Shares

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स विजयी भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ भएकाे खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको हो। पोखराले घरेलु खेलाडी विपिन खत्रीको उत्कृष्ट बलिङको मद्दतमा पहिलो जित निकालेको छ। यसअघि लगातार दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको दोस्रो खेलमा भने साविक विजेता जनकपुरलाई पराजित गरेको हो।

जनकपुर भने लगातार तीन खेलमा पराजित भइसकेको छ। अंक तालिकाको पुछारमा रहेकाे हाे। जनकपुर मात्र जारी सिजनमा अहिलेसम्म जित हासिल गर्न नसक्ने टोली बनेको छ। पोखराले भने दुई खेलको हारको यात्रा समाप्त गरेको छ।

पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३० रन मात्र जोडेकाे थियाे।