३ असार २०८१, सोमबार | Mon Jun 17 2024


प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुँदै


26
Shares

काठमाडौं । प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप तेस्रो सातादेखि हुने भएको छ ।

बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो ।

उक्त प्रतियोगिताका खेलहरू बानेश्वरस्थित एभरेस्ट होटलमा हुने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । यस प्रतियोगितामा १६ क्लबका २५६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । संघले यो प्रतियोगिताबाट खेलाडीको प्रतिभालाई राष्ट्रिय स्तरसम्म उजागार गर्न मुख्य उद्देश्य रहेको विश्वास व्यक्त गरेको छ ।

यस प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख हजार, सेमिफाइनलमा पुग्ने खेलाडीले ५० हजार रुपैयाँ, क्वार्टरफाइनलमा पुग्ने खेलाडीले १० हजार, प्रिक्वार्टरफाइनलमा पुग्ने खेलाडीले ५ हजार तथा उत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउने भएका छन् । हाइजेस्ट ब्रेक (१४७) ले ७५ हजार रुपैयाँ र सेन्चुरी ब्रेकर (१००) ले ५० हजार पाउने संघले जानकारी दिएको छ ।

संघका अध्यक्ष सरोजकुमार मुल्मीले पहिलो पटक यस प्रतियोगिता आयोजना गर्न पाउँदा निकै खुशी रहेको र यसको आयोजनाबाट नेपालको स्नुकर क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा यो प्रतियोगिता हुन लागेको हो ।