सविना अछामे, खोटाङ । नेपालमा शिक्षित र सहरी क्षेत्रका आमाहरूको तुलनामा ग्रामीण भेगका आमाहरूले नवजात शिशुलाई बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, नेपालमा २२ प्रतिशत आमाहरूले शिशुलाई बुटल वा दुधदानीबाट कृत्रिम दुध खुवाउने गरेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा ४३ प्रतिशत र कोशी…