काठमाडौं, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा जारी गरिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । काठमाडौंमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न सम्बद्ध पदाधिकारीलाई उनले निर्देशन दिएका हुन्…