काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले उमामहेश्वरसहित दुबोको पूजा गरेर आज गौरा पर्व मनाउँदै छन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइयो गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मान्ने गरेका छन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या…