काठमाडौं, भदौ १७ । प्रसिद्ध कला तथा संस्कृतिका ईतिहासविद् एवं प्रोफेसर गौतम वज्र वज्राचार्यले नेपालको मौलिक कला र संम्पदाको संरक्षण स्थानीयवासीले मात्र गर्न सक्ने बताएका छन् ।
काठमाडौंमा आज भएको नेवार कला सम्बन्धी प्रवचन कार्यक्रममा उनले पुरातात्विक र ऐतिहासिक कलाकृति र सम्पदा चोरी भएर विदेशिएकाले सरकारले मात्र संरक्षण गर्न नसकिने बताए । स्थानीयवासीले मात्र त्यस्ता सम्पदा संरक्षण गर्न सक्ने उनको भनाइ थियो ।
यसका लागि कला र सम्पदाको महत्वका बारेमा जनचेतना जगाउनु पर्ने र हाई स्कूल तहमा पढाई समेत हुनु पर्नेमा उनले जोड दिए ।
तेस्रो अन्तर्राष्ट्रिय नेपाली कला प्रदर्शनीसमेत गरेका वज्राचार्यले तत्कालिन राजा महेन्द्रले एकजना अष्टे«लियनको सहयोगमा युरोपमा पहिलो अन्तर्राष्ट्रिय नेवारी नेपाली कला प्रदर्शनी गरेको र सोहि प्रदर्शनीका कारण संयुक्त राष्ट्रसंघमा नेपालले सदस्यता पाएको समेत जानकारी दिए ।
सोहि समयमा अन्तर्राष्ट्रिय रुपमा नेपाली कला संस्कृति र सम्पदाले विश्वमा पहिचान स्थापना गर्न सकेको तर त्यहि समयदेखि कलाकृति र सम्पदा चोरी भएर विदेशिएको समेत उनले बताए ।
उनको विश्वमा दर्जनौं कलाकृति र सम्पदा सम्बन्धी पुस्तकहरु प्रकाशित छन् ।
प्रतिक्रिया दिनुहोस्