चितवन, भदौ १८ । चितवनको भरतपुर महानगरपालिका–१०, हाकिमचोकबाट एक सातादेखि आमा-छोरी बेपत्ता भएका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका–६ की २५ वर्षीया ज्योति सुवेदी तिमिल्सिना आफ्नी ५ वर्षीया छोरी आर्जना तिमिल्सिनालाई लिएर बेपत्ता भएकी हुन् ।
हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु गत मंगलबार दिउँसो ३ बजेतिर कोठाबाट निस्केको आफन्तले जनाएका छन् ।
उनले अन्तिमपटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको ज्योतिका दाइ नगेन्द्र सुवेदीले बताए ।
म्याग्दी माइती भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासँग विवाह भएको थियो ।
अनमी पढेकी ज्योति लोकसेवाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुरमा बस्दै आएकी थिइन् ।
उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।
परिवारले खोजी गरिदिन भन्दै भदौ १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्