११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


राँके बजारमा आगलागी


0
Shares

इलाम, भदौ १८ । इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करिव दुई करोड मुल्य बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका–१ का ठालुराम श्रेष्ठको घरमा भएको आग्लागीमा तीनवटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । 

बेलुका नौ बजे सुरु भएको आगलागी ११ बजे पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेतको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सोही घरमा रहेको शिवबहादुर विष्टको जुत्ताचप्पल र फेन्सी पसल साथै जितबहादुर बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पुर्ण रुपमा नष्ट भएको बताइएको छ ।

त्यस्तै, ठालुमान श्रेष्ठको घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान सहित रु १ करोड ५३ लाख बराबरको क्षति भएको छ भने विष्टको जुता एवं कपडा पसल जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति र बस्नेतको किराना पसल जल्दा ४० लाख बराबरको घनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ । मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करिव दुई वर्ष अगाडी पनि आगलागी भएको थियो ।