
सीता पाण्डेय (इमेज)
पाल्पा, भदौ १८ । नेपालले ब्रिटिस सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा सोमबार तानसेनमा २००औं भगवती विजयोत्सव मनाइएको छ ।
वि.सं. १८७१ पुसदेखि १८७२ जेठसम्म भएको युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो ।
तत्कालीन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा दुईपटकसम्म अंग्रेजसँग भएको युद्धमा नेपालले जित हासिल गरेको थियो ।
१९ वर्षीय कर्णेल उजिरसिंह थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि युद्धमा विजयी भएमा प्रत्येक वर्ष भगवतीको रथजात्रा गरी भगवतीको महिमा चारैतिर फैलाउने ‘भाकल’ गरेका थिए ।
युद्धमा जित हासिल भएपछि पाल्पामा हरेक वर्ष विजयोत्सव मनाउन थालिएको हो ।
विजयोत्सवमा ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीसहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्