१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरुलाई एकीकृत गर्ने विषयमा छलफल


0
Shares

काठमाडौं, भदौ १८ । २१औं शताब्दीमा विश्वभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुलाई कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिएको छ ।

सोमबार स्वयम्भूस्थित निर्वाणमूर्ति विहारले आयोजना गरेको गोष्ठीमा सो विषयमा छलफल गरिएको हो ।

बौद्धधर्मले समाजमा पार्ने सकारात्मक प्रभाव र विश्व शान्तिलाई सुदृढ गर्नका लागि बौद्धधर्मको प्रयोगलगायतका विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।

गोष्ठीमा सहभागीले भिक्षुहरुले बौद्ध दर्शनका विभिन्न पक्षहरुमाथि विवेचना गरेका थिए ।