काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गरेका हुन् । १८ बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका…