२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मनकामना मन्दिरभित्रै पूजा सुरु


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोखरा, मंसिर १२ । गोरखास्थित मनकामना मन्दिरभित्र बुधबारदेखि पूजा सुरु गरिएको छ ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट ढल्किएको मन्दिरको पुनःनिर्माण सम्पन्न भएकाले बुधबारदेखि मनकामना मन्दिरभित्रै पूजा सुरु गरिएको हो ।

पुनःनिर्माण अवधिभर मन्दिरअगाडि जस्ताको टहरा बनाएर पूजा हुँदै आएको थियो ।

नेपाल सरकार र भक्तजनको चन्दाबाट कुल १५ करोड रुपैयाँभन्दा बढी लागतमा मन्दिर पुनःनिर्माण गरिएको मनकामना मन्दिर जीर्णाेद्दार समितिले जनाएको छ ।

मन्दिरको छानो, गजुर, कंकाल, ढोका र प्रतिमामा जलप लगाउन १८ किलो २ ग्राम सुन प्रयोग गरिएको जनाइएको छ ।