काठमाडौं, साउन ३० । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै सरकारले राजभण्डारीलाई बर्खास्त गरेको हो । यसअघि सरकारले उनीसँग स्पष्टीकरण सोधेको थियो । राजभण्डारी ०७३ साल असोज ६…