कञ्चनपुर, पुस ११ । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए । उनका अनुसार खर काटिरहेको बेला एक्कासी आएर बाघले झम्टिँदा अमृताको…