कञ्चनपुर, पुस ९ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ । पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली…