२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


हटिया सारिएसँगै इलाम बजारमा त्रिपक्षीय लफडा


0
Shares

प्रकाश नेपाल (इमेज)

इलाम, साउन २९ । इलाम बजारमा लाग्दै आएको हटिया सार्ने कुरासँगै इलाम बजारमा तनाब सुरु भएको छ ।

साविक तरकारी बजारमा इलाम नगरपालिकाले ‘सिटीमार्ट’ बनाउने भनेर तारकारी बजार सारेपछि हाल त्रिपक्षीय तनाब बढेको हो ।

आइतबारदेखि तरकारी बजार लाग्दै गरेको स्थानबाट सुनगाभाचोक, सानो टुँडिखेलमा कृषि बजार सारिएको छ ।

कृषि बजार सानो टुँडिखेलमा सारिएपछि विभिन्न खेलको प्रशिक्षण लिँदै आएका खेलाडीहरु भने विस्थापित भएका छन् ।

खेलाडीका लागि प्रशिक्षण केन्द्रको अभाव भइरहँदा विगत लामो समयदेखि नै सानो टुँडिखेलमा खेल प्रशिक्षण गरिँदै आइएको छ ।

यहाँ कराँते, तेक्वान्दो, उस्सुसहित ब्याडमिटन खेलको प्रशिक्षण लिने खेलाडीहरु पूर्णरुपले विस्थापित भएको खेलकुद समितिको दाबी छ ।

हाल इलाम नगरपालिका, खेलकुद विकास समिति र व्यवसायीबीच आरोप–प्रत्यारोपसहितको त्रिपक्षीय लफडा सुरु भएको छ ।