लहान, माघ ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिकामा शुक्रबार बिहान यात्रीवाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्री घाइते भएका छन् । राजविराजबाट जनकपुरतर्फका लागि गुडेको ना५ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स कर्जन्हा नगरपालिका–४ स्थित भुलकियामा अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार पर्सा, गढीमाई नगरपालिका–४ निवासी ३५…