काठमाडौं, भदौ ९ । नेपाल पत्रकार महासंघले आयोजनामा सम्पादकहरु, महासंघका पूर्व सभापति तथा पदाधिकारीहरुको ललितपुर, गोदावरीमा सम्पन्न भेलाले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हक र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि गोदावरी घोषणा–पत्र जारी गरेको छ । चार बुँदे घोषणापत्रमा मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४…