सर्लाही, असार २८ । अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा परेका छन् । डुबानमा परेपछि सयौँ परिवारको बिचल्ली भएको छ । खोलाको बाढी र वर्षाको भेलले धनकौल, बसबरिया, बरहथवा, रामनगर, ब्रम्हपुरीलगायतको क्षेत्रमा दर्जनौं बस्तीमा कटान र डुबानको समस्या देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । उनकाअनुसार पानी…