११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


बुद्ध शिक्षा प्राप्त गरी उत्तीर्ण हुने प्रशिक्षार्थीलाई सम्मान


0
Shares

काठमाडौं, असार २८ । काठमाडौंको कीर्तिपुरस्थित थाई बिहारमा बुद्ध शिक्षा प्राप्त गरी उत्तीर्ण हुने प्रशिक्षार्थीलाई सम्मान गरिएको छ ।

भिक्षु सुदर्शन भन्तेको १८ औं स्मृति दिवसको अवसरमा उनीहरुलाई शनिबार सम्मानित गरिएको हो । बुद्धको शिक्षा, शान्ति र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक भएको भन्दै गौतम बुद्धका अनुयायीले बुद्ध धर्मको प्रचार प्रसारमा जोड दिएका थिए ।

कार्यक्रममा भिक्षु धम्मशोभन महास्थवीरले बुद्ध धर्मको बारेमा प्रवचन दिएका थिए । भिक्षु मिना गुरुमाले सबै धर्मको उद्देश्य शान्ति भएकाले गौतम बुद्धको उपदेशलाई व्यवहारिकरुपमा कार्यान्वयनको खाँचो रहेको औंल्याइन् ।

कार्यक्रममा बुद्ध शिक्षा प्राप्त गर्ने अनुयायीसहित बिहारमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।