Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


केही दिन अझै ‘भारी वर्षा हुने’

काठमाडौं, असार २७ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘आगामी तीन दिन देशभर मनसुन अतिसक्रिय हुनेछ । जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ’–उनले भनिन्…