हेटौंडा, असार २७ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौंडा–कुलेखानी सडकखन्डको यातायात सेवा अवरुद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबारै बिहान हेटौंडा–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै सवारी–साधन भैंसेस्थित त्रिभुवन राजपथबाटै सन्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुलनजिक र सिस्नेरीका…