Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


रामेछापमा वर्षाले गोठ भत्कँदा एक महिलाको मृत्यु


0
Shares

रामेछाप, असार २७ । अविरल वर्षाका कारण रामेछाप नगरपालिका–५, दाइजोर, करमटारमा एक गोठ भत्कँदा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीया पदमकुमारी सुनुवार छन् ।

शुक्रबार बिहान दूध दुहुन गोठ गएकी उनको गोठ भासिएर भत्कँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनकी बुहारी असली सुनुवार घाइते भएकी छन् ।

अविरल वर्षासँगै रामेछापका ठाउँठाउँमा गएको पहिरोले रामेछापदेखि काठमाडौं र तराईसँगको सम्पर्क टुटेको छ ।