
कविराज घिमिरे
धनकुटा, भदौ ९ । धनकुटाका विभिन्न डाँडामा भ्यू टावर बनाउने क्रम बढेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यस्ता टावर निर्माणको क्रम बढेको हो ।
कुनै स्थानमा टावर निर्माण भइसकेका छन् भने कुनैमा काम जारी छ । भ्यू टावर निर्माण भएसँगै पर्यटकको आवागमन समेत वृद्धि भइरहेको छ ।
करिब एक बर्षअघि सुनसानजस्तै रहेको सागुरीगढी गाउँपालिकास्थित ओख्रे यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । यसको प्रमुख कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यू टावर नै हो । टावर निर्माण भएसँगै अहिले एक हप्तामा ८ सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।
उता चौबिसे गाउँपालिकाको जेफाले, सागुरीगढीकै ध्वजे डाँडामा पनि टावर निर्माण भएको छ । धनकुटा जिल्लाको पहिलो भ्यू टावर पनि अहिले पुनर्निर्माणको क्रममा छ ।
त्यस्तै, धनकुटा नगरपालिकाको चुलिवन, शहिदभूमि गाउँपालिकाको छिन्ताङ्गस्थित पातले डाँडामा पनि टावर निर्माणाधीन छन् ।
अर्कोतिर शहिदभूमि गाउँपालिकाकै घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेक डाँडा र धनकुटा नगरपालिकाको कागतेमा समेत भ्यू टावर निर्माणको तयारी छ ।
भ्यू टावरबाट वरपरको सम्पूर्ण भौगोलिक बनावट स्पट देखिने भएकोले यसप्रति आकर्षण बढेको पर्यटकहरु बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्