धनकुटा, भदौ १३ । धनकुटामा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न जाने यात्रु बोकेको को१ख ३५८३ नम्बरको गाडी कोशी राजमार्गअन्तर्गत कोल्बोटेमा दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ओरालो गइरहेको गाडी ब्रेक फेल भई भित्तामा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ…