Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु


0
Shares

काठमाडौं, भदौ १३ । काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । 

ना४ख २९४८ नम्बरको ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया बबिता थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । 

सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन् । ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । (रासस)