Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


देशभर सवारीसाधन दुर्घटनामा वृद्धिः दुई हजार ७८९ जनाको मृत्यु

–अच्युत रेग्मी(रासस) काठमाडौं ।  देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।  दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए…