१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चितवनमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते


0
Shares

मुग्लिन, साउन १० । चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको  ना६ख २८९५ नम्बरको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (रासस)