काठमाडौं, वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमण भएको भन्दै ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अस्थायी बसपार्क र टहरा निर्माणको अनुमति दिएका कारण खुलामञ्च अतिक्रमण भएको भन्दै यो अभियान सुरु गरिएको हो । बिहीबार खुलामञ्चमा उपस्थित स्थानीयवासी र सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरे । खुलामञ्च अतिक्रमण हुँदा पनि महानगरपालिकाले…