
रसुवा, साउन ११ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित तातोपानीनजिकै गुडिरहेको गाडीमाथि पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ ।
शनिबार काठमाडौंबाट रसुवागढीतर्फ गइरहेको ना१ज ७८२४ नम्बरको टाटासुमो जिपमाथि पहिरो खसेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।
९ जना सवार रहेको जिपका अरु पाँचजना भने सकुशल रहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।
मृतकको पहिचान हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्