Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा


0
Shares

काठमाडौं, साउन १० । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

यही साउन १२ गतेदेखि लागू हुनेगरी लिखित राजीनामा बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूर्वअर्थसचिवसमेत रहेका सुवेदी गएको वर्षको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए ।