काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको फैसलामा भनिएको छ, ‘संविधानमा व्यक्ति तथा नागरिकको सम्पत्ति र आवासका हकहरु प्रत्याभूत गरिएको छ भने ती हकहरुको हरदम संरक्षण गरिनुपर्छ । यो धर्मो रक्षति रक्षितः भने जस्तै…