काठमाडौं, असोज ९ । विश्व मुटु दिवसका अवसरमा ललितपुरको मंगलबजारदेखि काभ्रेको नालासम्म साइकल यात्रा आयोजना गरिने भएको छ ।
नालाका युवाहरुले यही असोज १३ गते हुनेगरी साइकल यात्राको आयोजना गरेका हुन् ।
काभ्रेको प्राचीन सहर नालाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरेको आयोजक जी व झिगु नालाले जनाए ।
बढ्दो सहरिया जीवनशैली र खानपिनले दिन–प्रतिदिन मुटुरोगीको संख्या बढ्दै गएकाले साइकल यात्राद्वारा सचेतना बाँड्न कार्यक्रम गरिन लागेको आयोजकको भनाइ छ ।
मंगलबजारबाट सुरु भइ २४ किलोमिटर पार हुने साइकल यात्रा लुभु, गुन्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नाला गुम्बा हुँदै नालास्थित प्रसिद्ध भगवती मन्दिरमा पुगेर समापन हुने जनाइएको छ ।
साइकल यात्रामा प्रतिसहभागी प्रवेशशुल्क ५०० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्