बारा । काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ट्रयाक खोल्ने क्रममा नेपाली सेनाले काटेका रुखको व्यवस्थापन नहुँदा लाखौं मूल्य पर्ने काठ कुहिन थालेको छ । बारा, मकवानपुरलगायतका जिल्लामा काटिएका काठ सरकारले समयमै व्यावस्थापन नगदौ कुहिन थालेको हो । राष्ट्रिय वन र ४ वटा सामुदायिक वन समितिअन्तर्गतका काठ आपसी तालमेलको अभावमा लिलामी प्रक्रियामा लैजान नसकिंदा लाखौं मूल्यबराबरको क्षति…