कावासोती, कात्तिक २६ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । २५ घाइतेमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ । …