६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कालीगण्डकी नदीमा हामफालेर किशोरी बेपत्ता

पर्वत, मंसिर १० । कालीगण्डकी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छन् ।  दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हामफालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हामफालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । …