काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहका रिक्त पदमा आगामी बैशाखभित्र उपनिर्वाचन गराउन गृहमन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको छ । समितिले गृहमन्त्री रामबहादुर थापा र निर्वाचन आयोगका पदाधिकारीलाई समितिको बैठकमा बोलाएर जतिसक्दो चाँडो निर्वाचन गराउन निर्देशन दिएको हो । समितिले उपनिर्वाचनका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ…