गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ । घटनामा १२ जना बेपत्ता भएका छन् । सत्यवती गाउँपालिका लिम्घाको भीरकुना भन्ने ठाउँमा गएको पहिरोमा कम्तिमा ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ बर्षिया छल्ली विक, २८ बर्षिया पम्फा विक, १२ बर्षिया अञ्जली विक र…